
सातौं अष्ट्रेलियन ओपन जित्नेक्रममा अमेरिकन खेलाडी सेरेनाले आफ्नै दिदी भेनस विलियम्सलाई शनिबार ६–४ र ६–४ ले पराजित गरेकी हुन् ।
३६ वर्षे सबैभन्दा पाकी उमेरकी आफ्नै दिदीलाई हराएर यो शताब्दीकै सबैभन्दा बढी २३ ग्रान्डस्लाम जित्ने कीर्तिमान रचेकी ३५ वर्षे सेरेना पुनः शीर्ष वरीयतामा पुगेकी छन् ।
जर्मन खेलाडी एन्जेलिक केर्बर यसअघि नै पराजित भएपछि उनको शीर्ष स्थान खोसिएको हो ।
सेरेनाले अब विश्वकै सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान रच्न केवल एक ग्रान्डस्लाम जित्नुपर्नेछ ।
पूर्वअष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको नाममा २४ ग्रान्डस्लामको कीर्तिमान छ ।
प्रतिक्रिया दिनुहोस्