
दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा आईएसलगायत सिरियामा सक्रिय अरु आतंकवादी समूहविरुद्ध संघर्ष गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ ।
कुराकानी सकारात्मक र रचनात्मक भएको भन्दै विज्ञप्तिमार्फत क्रेमलिनले व्यापारमा पारस्परिक हित हुने गरी काम गरिनेमा पनि जोड दिइएको उल्लेख गरेको छ ।
ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको कुराकानी सम्बन्ध सुधारमा महत्वपूर्ण सुरुवात भएको जनाएको छ ।
उनीहरु सम्पर्कमा रहने र छिट्टै भेटवार्ता हुने जनाइएको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले पुटिनसँग मिलेर काम गर्ने बताएका थिए ।
गत जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका ट्रम्पले जापान, जर्मनी, फ्रान्स र अष्ट्रेलियाका नेताहरुसँग पनि टेलिफोन कुराकानी गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्