२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने


0
Shares

ट्वीटरमार्फत् उनले भनेका छन्–‘जसले हिंसा, आतंक र युद्ध भोगिरहेका छन्, ती सबैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ ।’

त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पस्ट पारेका छन् ।

‘विविधता हाम्रो शक्ति हो, क्यानाडामा स्वागत छ’–उनले ट्वीटमा लेखेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्वीटरमा लेखेका हुन् ।

ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाइ गर्न आदेश दिएका छन् ।

सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ । सो आदेशकाविरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ । रासस/एएफपी