३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


लाखौं ठगी गर्ने महिला–पुरुष पक्राउ


0
Shares

पक्राउपर्नेमा सर्लाही, हरिवन घर भइ काठमाडौंको सनसिटी आपार्टमेन्टमा बस्दै आएका २० वर्षीया अस्मिता घिमिरे र सोही आपार्टमेन्टमा बस्ने ३४ वर्षीय भारतीय नागरिक विकास द्विवेदी रहेका छन् ।

उनीहरुले ललितपुरमा सन्चालन गर्दै आएको भि इन्फोटेक प्रालिको नाममा दैनिक पत्र–पत्रिकाहरुमा ‘रोजगारीको अवसर’ भन्दै विज्ञापन छापेर रकम उठाइ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ८ जनाबाट ५ लाख ६० हजार रुपैयाँको दरमा पैसा उठाएको पाइएको पनि प्रहरीले जनाएको छ ।