
केही देशका मुस्लिमलाई रोक लगाइएको विषयमा विश्वभरि हो–हल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन् ।
ट्रम्पले दक्षिण कोरियाका कार्यबहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरकाबारेमा छलफल हुने जनाइएको छ ।
यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी लिएका ट्रम्पले सबैभन्दा पहिला साउदी अरबका राजा सलामनसँग कुराकानी गर्नेछन् ।
त्यसपछि उनले युएईका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन वार्ता गर्ने कार्यतालिका रहेको छ ।
अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरब र युएई कुनै देश पर्दैनन् ।
ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका हुन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्