
क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान गरिएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।
साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा मस्जिद बाहिर प्रहरी रहेको भिडियो पोस्ट गरेको छ र उसले केहीको मृत्यु भएको उल्लेख गरेको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । तर घटनामा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने केही खुलाइएको छैन । तीनजना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्