२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


अदालती आदेशपछि ट्रम्पको आदेश रद्द, ट्रम्पको अड्डी कायमै


0
Shares

 

ट्रम्पको आदेशमा रद्द गरिएका करिब ६० हजार भिसा फेरि बहाल गरिने विदेश मन्त्रालयले जनाएको हो । सियाटल राज्यका न्यायाधीश जेम्स रोबर्टले ट्रम्पको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।

ट्रम्पले भने यस रोकावटलाई तथाकथित न्यायाधीशको रायले मुलुकलाई कानून पालना गराउने बाटोबाट बाहिर गराउन खोजेको भन्दै बेतूकको निर्णय उल्ट्याइने र आफ्नो आदेश कार्यान्वयन गराएरै छाड्ने अड्डी लिएका छन् ।

एउटा देशले कस्लाई भित्र आउन र कसलाई नआउन भन्न सक्दैन भने त्यस्तो आदेशको कुनै तूक नहुने जिकीर राष्ट्रपति ट्रम्पले गरेका हुन् ।

ट्रम्प प्रशासनले भने आफ्नो प्रतिबन्ध कायमै राख्न अब आपतकालिन बाटो अख्तियार गर्न सक्ने बताइएको छ ।

यता, अदालती आदेशपछि विमानस्थलमा रोकिएकाहरु भने अमेरिका जान पाउने भएपछि खुशी भएका छन् । (एजेन्सी)