
पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको नुरिस्तान प्रान्तको एक गाउँमा मात्रै ५३ जनाको मृत्यु भएको हो ।
हिम आँधीका कारण नुरिस्तानको छिमेकी बादाख्शासन प्रान्त नराम्ररी प्रभावित भएको छ । पाकिस्तानको उत्तरी क्षेत्रमा १३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
हिमपहिरोमा परि दर्जनौं गाउँ ध्वस्त भएका छन् । चिसोका कारण मानिस कठाङिग्रएर जम्न थालेको र केही सवारी साधन मै च्यापिएको बताइएको छ ।
खराब मौसम र हिउँले अवरुद्ध बनेका सडकका कारण प्रभावितसम्म पुग्न कठिनाइ भएको छ ।
धावन मार्गमा हिउँ जमेपछि अफगानिस्तानको राजधानी काबुलको मूख्य विमानस्थल बन्द गरिएको छ । मौसमविद्हरुले अझै हिम पहिरो र हिम आँधी आउन सक्ने चेतावनी दिएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्