Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


भारतबाट भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित एक प्रक्राउ


0
Shares

भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

नेपाल–भारतको सीमा क्षेत्र जमुनाहाबाट एकथान पेस्तोल र पेस्तोलमा लाग्ने तीनथान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

उनले भने–‘पठानको साथबाट दुई पुरिया ब्राउनसुगरसमेत बरामद भएको छ, सीमा क्षेत्रको अपराध न्यूनीकरणका लागि नियमित चेकजाँचकोक्रममा गोलीसहितको हतियार फेलापरेका हौं ।’

पछिल्ला दिनमा भारतबाट नेपालतर्फ हतियार आपूर्ति गर्ने गिरोह रहेको सूचना आइरहेको जानकारी गराउँदै थापाले त्यसलाई निस्तेज पार्नका लागि प्रहरी लागिपरेको बताए । रासस