१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जनकपुरमा थप एकजना आमरण अनशनमा, दुईजनाको अनशन नवौं दिनमा


0
Shares

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका नेता कलामुदिन राइन अनशनमा बसेको ९ दिन भइसक्दासमेत माग पूरा गर्न सरकारले पहल नगरेको भन्दै शुक्रबारदेखि मिथिलेश दासले पनि आमरण अनशन सुरु गरेका हुन् ।

शर्मा र राइनले जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैय्याको बनाउनुपर्ने, जनकपुरमा चक्रपथ निर्माण गर्नुपर्नेलगायतका सात सुत्रीय माग राख्दै आमरण अनशनमा बसिरहेका छन् ।

९ दिनदेखिको आमरण अनशनका कारण उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकले बताएका छन् ।