५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


तानिने डरले ‘सुन तस्कर’ भागाभाग, पाँच जनाको परिचय खुल्यो


0
Shares

काठमाडौं, माघ २९ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका छन् ।

पक्राउ परेकाको बयानका आधारमा पाँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन ।

३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने ।

उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् ।

आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट