५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


पत्नीकै ‘सेटिङ’मा पतीले गरे बालिकामाथि बलात्कार


0
Shares

सागरनाथ ७ सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी छन् ।

बालिका बलात्कारको आरोपकम प्रहरीले शनिबार पतिपत्नीलाई नै पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा अनन्तलिंगेश्वर ७ का ४० बर्षीय राजकृष्ण कायस्थ र उनकी पत्नी ३५ बर्षीया राधाजंगम पक्राउ परेको प्रहरीले जनाएको छ ।

राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको महानगरीय प्रहरी बृत्त ठिमी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

गत मंसीर २१ गते साँझ ७ बजे राधाजंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा ल्याएर राजकृष्णको जिम्मा लगाई बाहिरबाट चुकुल लगाएकी थिइन् ।

सोही समयमा राजकृष्णले बलात्कार गरेको पाइएको ओलियाले बताए ।
-कान्तिपुर दैनिकबाट