
प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।
डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् । काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ ।
गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो ।
कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए ।
प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ ।
दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्