१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पञ्चकोटमा हिन्दू धर्मसम्बन्धी संरचना निर्माण तिब्र, १० वर्षभित्र निर्माण पूरा हुने


0
Shares

बाग्लुङलाई धार्मिकस्थलका रुपमा विकास गर्न फरक प्रकृतिका हिन्दू धर्मसम्बन्धी संरचना निर्माण गर्न लागिएको हो । स्वामी कमल नयनाचार्यको अगुवाईमा २०७१ सालबाट निर्माणको काम सुरु गरिएको हो ।

भूकम्प, नाकाबन्दी तथा निर्माण समितिको वेवास्ताका कारण बीचमा काम केही सुस्त भए पनि अहिले भने संरचना निर्माणले गति लिएको हो ।

अहिले १ सय ८ फिट अग्लो विश्व शान्ति कलश, ५ हजार ५ सय ५५ केजीको मुक्तिनाथ महाघण्टी, २२ फिट लामो पखेंटासहितको गरुड शिला, गण्डकी माताको श्रीमन्दिर निर्माण भइरहेको छ ।

यस्तै १६ फिट अग्लो हनुमानको मूर्ति, सबै भगवानको स्वरुप भएको सिसमहल लगायतका संरचनाको निर्माण पनि भइरहेको छ ।

यहाँ ३ सय ६५ तुलसीका मोठ निर्माण, एक सय आठ गाईपालन गर्ने गौशाला, एक सय आठ वरपिपल रोपी चौतारी निर्माण, स्थानीय पौराणिक महत्व बोकेका मूर्तिहरुको संरक्षण, कालीगण्डकीको जलसेचन, एक हजार क्षमताको धार्मिक सत्संग सभास्थल निर्माण हुँदैछन् ।

करिब २ अर्ब रुपैयाँको लागतमा धाम निर्माणको लागि २०७१ सालबाट हरेक वर्ष महायज्ञ आयोजना गरिँदै आएको छ । निर्माण सम्पन्न गर्न १० वर्ष लाग्ने बताइएको छ ।