२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ज्येष्ठ नागरिकद्वारा मीनभवनमा धर्ना


0
Shares

धर्नाकारी ज्येष्ठ नागरिकले आन्दोलन गरेको चार वर्षसम्म पनि सरकारले आफ्ना मागको सुनुवाइ नगरेको बताए ।

चार वर्षदेखि पचहत्तरै जिल्लाका ज्येष्ठ नागरिकले मीनभवनस्थित यातायात कार्यालयअगाडि धर्ना दिँदा पनि अहिलेसम्म बस्ने व्यवस्था नभएकाले त्यहीँ नै सम्पर्क कार्यालय दिलाइदिन पनि माग गरे ।

उनीहरुले ज्येष्ठ नागरिक भत्ता मासिक तीन हजार रुपैयाँ पुर्‍याउनुपर्ने, यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट पाउनुपर्नेलगायतका माग उठाउँदै आएका छन् ।

मीनभवनमा धर्ना दिँदै आएका १६ जना जेष्ठ नागरिकको त आन्दोलनकैक्रममा मृत्यु भैसकेको छ ।