Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बढीमा ३०० स्थानीय तह हुनुपर्नेमा ७१९ स्थानीय तह बनाउन बाध्य भयौं : अध्यक्ष पौडेल


0
Shares

                                                                                        फाइल फोटो
स्थानीय तहको पुनःसंरचनाको अवस्थाकाबारेमा सोमबार रुकुममा भएको अन्तरक्रिया कार्यक्रममा उनले ‘बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको’ बताए ।

अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको संख्या बढी भएको कुरा इतिहासले पुष्टि गर्ने उल्लेख गर्दै ‘स्थानीय तह कार्यान्वयन नगर्ने भित्री मनसायका कारण केही राजनीतिक नेताले अहिले पनि संख्या बढाउनुपर्ने भनिरहेका छन्’–भने ।

‘नयाँ संविधानले दिएको परिकल्पनाअनुसार स्थानीय तहको संख्या बढी बनाउनु भनेको सिंहदरबारको अधिकारलाई धेरै ठाउँमा विभाजन गर्नु नै हो’–उनले भने–‘संविधानले स्थानीय तहमा दिएको अधिकार कार्यान्वयन हुन नदिनका लागि केहि दल र नेता यसको संख्या बढाउने खेलमा लागेका छन् ।’

अध्यक्ष पौडेलले छोटो समयमा धेरै काम गर्नुपरेका कारण सबै कुरा भनेजस्तोगरी मिलाउन नसकिएको स्पस्ट पारे । रासस