२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


तीनओटै सुरक्षा निकायका प्रमुखलाई डाकेर गृहमन्त्रीले दिए यस्तो निर्देशन


0
Shares

                                                                                          फाइल फोटो
मंगलबार दिउँसो गृहसचिवसहित तीनओटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन् ।

सोमबार (हिजो)मात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि उनले तीनओटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

सुन तस्करी, लागुऔषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाइ गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई निर्देशन दिए ।

यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधनसम्बन्धी विधेयक र विपद् व्यवस्थापनसम्बन्धी विधेयक यथाशीघ्र पेस गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।

उनले विगतमा मधेसी मोर्चासँग भएको सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुंग्याउन पनि सचिव रेग्मीलाई निर्देशन दिए । रासस