२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हराएकी भनिएकी युवतीको खाल्डोमा शव फेला


0
Shares

हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।

यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताए ।

दुवैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकीमा माघ २७ गतेदेखि बेपत्ता रहेकी थिइन् । प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ । (रासस)