
डडेल्धुराको भागेश्वर गाविसबाट डडेल्धुरा बजार जाँदै गरेको से.१ ज.८३३ न. को महेन्द्रा जीप अमरगढी–३ बागबजार बगरकोट सडकखण्डमा दूर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने २ जना गम्भिर घाइते भएका छन् ।
घाइतेहरुको क्षेत्रिए अस्पताल डडेल्धुरामा उपचार भइ रहेको छ । १० जना सवार रहेको जीप निमार्णाधिन बाटो साँघुरो भएकाले दूर्घटना भएको आशँका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्