Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


युरोप–अमेरिकातर्फ पुर्‍याइदिने प्रलोभनमा मानव तस्करी, दक्षिणपूर्वी एसिया ट्रान्जिट बन्दै


0
Shares

नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ‘ट्रान्जिट’ बनाइरहेको समेत खुलेको छ ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपुर्वी एसियाली केही राष्ट्रले नेपालीलाई सशुल्क ‘अनअराइभल’ भिसा दिँदै आएका छन् त केहीले निःशुल्क ।

मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्‍याई मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ ।

‘मानवतस्करले कैयौं नेपालीलाई पर्यटक भिसामा दक्षिणपुर्वी एसियाली राष्ट्र ल्याई अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ,’ थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीले भने, ‘तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरेहेको छ ।’

तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन् । –नागरिक दैनिकबाट