
अपहरण गरिएका क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई नछाड्दा परिवार र क्याम्पसका शिक्षक विद्यार्थी त्राशमा रहेका छन् ।
विप्लव माओवादी निकट भन्ने अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञातस्थलमा लगिएका उनीहरुको बारेमा प्रष्ट पारिएको छैन ।
यद्यपि, दुबै जना सकुशल रहेको मानवअधिकारकर्मी कर्ण कुँवरले जानकारी दिएका छन् ।
फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनको विरोध रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले देशभरका क्याम्पसमा स्ववियु निर्वाचन नगर्न धम्की दिंदै आएका छन् ।
प्रहरीले पनि शिक्षकहरुको खोजी गरिरहेको छ । मानवअधिकारकर्मीहरुले कुनै बहानाबाजी नगरी दुबै जनालाई तत्काल छाड्न अपहरणकर्तासँग आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्