
इन्सेकले शनिबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक’मा राज्य तहबाट हुने मानवअधिकार हनन्को अवस्थामा निकै सुधार आएको उल्लेख छ ।
इन्सेकले यस वर्ष गैरराज्यपक्षबाट ३ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको र राज्यपक्षबाट ३०० को हाराहारीमामात्र यस्ता घटना भएको जनाएको छ ।
रजत वर्ष पुस्तककोरुपमा ल्याइएको पुस्तकको शनिबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।
इन्सेकले हरेक वर्ष मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्