
नेवाः जागरण मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘वाग्मती सभ्यतासँग नेवार सभ्यता, कला र संस्कृति जोडिएकोले विकासको नाममा यसलाई नस्ट गर्न नहुनेमा’ उनीहरुको जोड थियो ।
सडक विस्तारको नाममा उपत्यकाको प्राचीन बस्तीहरु विस्थापित गर्न खोजेको आरोप लगाउँदै उनीहरुले तत्काल यसलाई रोक्न सरकारसँग मागसमेत गरेका छन् ।
विनाशकारी भूकम्पपछि व्यक्ति विशेषले भित्री सहरमा घर निर्माण गर्न नसक्ने भएकोले एकीकृत बस्तीको निर्माण हुनुपर्ने मागसमेत उनीहरुको छ ।
कार्यक्रममा नागरिक अगुवा मल्ल के सुन्दर, वरिष्ठ इन्जिनियर सन्तोष श्रेष्ठ, काष्ठमन्डप पुनःनिर्माण अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ र मञ्चका अध्यक्ष सुजीव बज्राचार्यलगायतले उपत्यकाको प्राचीन सभ्यता र बस्तीहरु बचाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्