Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दक्षिण चीन सागरमा अमेरिकी गस्ती, दुई देशबीच युद्धको खतरा बढेको विज्ञको भनाइ


0
Shares

चिनियाँ विदेश मन्त्रालयले त्यस क्षेत्रमा बेइजिङको सम्प्रभुता र सुरक्षालाई चुनौति दिएको भन्दै चेतावनी दिएको भोलिपल्टै अमेरिकी पानीजहाज गस्तीमा निस्किएको हो ।

चीनले केही वर्षदेखि दक्षिण चिनियाँ समुद्रमा अप्राकृतिक टापु निर्माण गरिरहेको छ । अमेरिकाले दुई वर्ष अघि पनि मलेसियाली नेभी र एअर फोर्ससँग अभ्यास गर्ने भन्दै आफ्नो विमान त्यस क्षेत्रमा लगेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीनलाई दक्षिणी चिनियाँ समुद्रको भूभाग लिनबाट आफूले रोक्ने बताएका थिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी शन स्पाएसरले भने, ‘दक्षिण चिनियाँ समुद्रमा रहेका द्वीपमा विश्वकै हक लाग्छ, केवल चीनले त्यसमा धाक जमाउन मिल्दैन ।’

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने दक्षिणी चीन सागरमा अमेरिकाको हक नलाग्ने प्रष्ट पार्दै यसबाट अमेरिकालाई टाढै रहन चेतावनी दिएकी छन् ।

उनले दक्षिण चीन सागरका बारेमा केही मतभेद रहेको स्वीकार गर्दै भनिन्, ‘तर यो त प्रष्ट छ, त्यसमा अमेरिकाको हक लाग्दैन ।’

बेइजिङस्थित विदेश मामला विज्ञ सुन हाओले चीनलाई उसको सामुद्रिक सीमामा अमेरिकाले अवरोध गर्ने प्रयास गरेमा दुई देशबीच युद्धको खतरा बढ्ने बताएका छन् । (एजेन्सी)