२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


डोनाल्ड ट्रम्पले गरे सुरक्षा सल्लाहकार नियुक्त, एकसय कर्मचारी बर्खास्त


0
Shares

लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो ।

यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो ।

अफगानिस्तान र इराकमा काम गरेका जेनरल मैक्मास्टर निकै सुझबुझ राख्ने, प्रष्ट र खरा कुरा गर्ने रणनीतिकारका रुपमा चिनिन्छन् ।

यसैबीच आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई ट्रम्प प्रशासनले जागिरबाट बर्खास्त गरेको खबर छ ।

अमेरिकामा निर्माणमा आप्रवासीहरुको योगदान नबिर्सन आग्रह गर्दै गरिएको प्रदर्शनमा सहभागि भएको भन्दै उनीहरुलाई नोकरीबाट हटाइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)