
उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौं पठाइएको छ ।
धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ ।
घटनाबारे जानकारी लिन अस्पताल आएका सुरक्षाकर्मीलाई झाले आफूमाथि जनकपुर–१४ रजौलका फिरोज राइन र सकुर राइनले आक्रमण गरेको जानकारी आफ्नै हातले लेखेर दिएका थिए ।
प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले आरोपीद्वय फिरोज र सकुरलाई प्रहरीले पक्राउ गरेकोे जानकारी दिए ।
को२५प ६१३९ नम्बरको मोटरसाइकलमा सवार भइ फरार हुन खोजेका दुबैजनालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।
प्राप्त जानकारीअनुसार झामाथि आक्रमण गर्ने दुबैजना झाका साथी नै हुन् । उनीहरुबीच लेनदेनसम्बन्धी विवाद रहेको प्रहरीको दाबी छ ।
थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिएका छन् ।
जनकपुरको मुझेलियामा गम्भीर आइते अवस्थामा रहेका झालाई एक सन्चारकर्मीले देखेपछि उद्धार गरी जनकपुर अञ्चल अस्पताल पुर्याएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्