१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डोलेश्वरमा साधुसन्त र नागाबाबाको बिदाइ


0
Shares

बिदाइकाक्रममा साधुसन्त र नागाबाबालाई दक्षिणाका साथ एकथान कम्बल, दुईथान धोती र एकथान कमन्डलु प्रदान गरिएको छ ।

डोलेश्वर आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

‘क’ वर्गका साधु–सन्तलाई १ हजार १ सय ११, ‘ख’ वर्गकालाई ७ सय ७७ रुपैयाँ र ‘ग’ वर्गकालाई ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको हो ।

यसवर्ष २ सय ५० साधु–सन्तको डोलेश्वर महादेव मन्दिरमा आएको समितिले जनाएको छ ।

डोलेश्वरमा शिवरात्रि पर्वका लागि गत दुई हप्ताअघिदेखि साधु–सन्तहरु आएका थिए ।

मन्दिर परिसरमा जम्मा भएका साधु–सन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराकोसमेत व्यवस्था गरेको थियो ।