
स४प ४८६१ नम्बरको मोटरसाइकल बा२ख ५२०८ नम्बरको ट्रकसँग शनिबार बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किँदा त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो ।
दुर्घटनामा राईकी श्रीमती पवि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।
उनको ओखलढुंगाको हर्कपुरस्थित आस्था मेडिकल हलमा उपचार भइरहेको छ ।
शिवरात्रिको अवसरमा हलेसी दर्शन गर्न गरेर फर्किएका राई दम्पती चढेको मोटरसाइकल ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्