
नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्संग महोत्सवको शनिबार हेटौंडामा समापन गर्दै उनले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सत्संगले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने–‘समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।’
कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताए ।
दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलंकाका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार–प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्