२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


स्वान्सी सिटीसँग चेल्सीको सानदार जित, एभर्टन र वेष्ट ब्रोम पनि विजयी


0
Shares

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३-१ ले हराएको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन स्पेसिन खेलाडीहरु फाब्रिगास, पेड्रो र डिएगो कोष्टाले एक एक गोल गरे । स्वान्सी सिटीका लागि फर्नान्डो लोरेन्तेले एक गोल फर्काए ।

राति भएको अर्को खेलमा एभर्टनले सण्डरल्याण्डलाई २-० ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु र ईद्रीसा गानाले एक एक गोल गरे ।

यसैगरी क्रिष्टल प्यालेसले मिडिल्सब्रोलाई १-० ले हराउँदा वेष्ट ब्रोमले बर्नमाउथलाई २-१ ले पराजित गर्‍यो ।

प्रिमियर लिग अन्तर्गत अरु खेलमा हल सिटी र बर्न्ले तथा वाट्फोर्ड र वेष्ट ह्याम युनाईटेडले १÷१ गोलको बराबरी खेलेका छन् ।

रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५२ अंकसहित दोस्रो स्थानमा छ भने ५० अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।

समान ५० अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ ।