२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बसले किच्दा वृद्धको मृत्यु


0
Shares

नारायणगढबाट डुम्रे हुँदै बोराङखोला जाँदै गरेको ना४ख ९६ नम्बरको बसले किच्दा राइनास नगरपालिका–११ प्यारजुङका ६९ वर्षीय गंगाराम गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट झरेर बाटो काट्न लाग्दा सोही बसले च्यापेर गुरुङको निधन भएको हो ।

भरतपुर उपमहानगरपालिका–२१ का २८ वर्षीय चालक कान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी सहायक निरीक्षक कृष्णबहादुर क्षत्रीले बताए ।