
विहीबार भक्तपुरमा गरिएको साक्षात्कारमा अध्यक्ष डा. विष्टले पत्रकार महासंघले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
उनले देशभर निर्वाचनको वातावरण बनाउने भूमिका निर्वाह गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरे ।
अर्को एक प्रसंगमा अध्यक्ष डा. विष्टले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।
उनले आफ्नो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार सम्मानलगायतका काम भएको बताए ।
प्रतिक्रिया दिनुहोस्