१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


आठबर्ष पछि पाकिस्तानमा क्रिकेट प्रतियोगिता, पेशावर जाल्मीले उपाधि जित्यो


0
Shares

पूर्वी शहर लाहोरमा आइतबार पाकिस्तान सुपर लिग पिएसएलको फाइनल खेल खेलाइएको हो । गद्दाफी रंगशालामा भएको फाइनलमा क्वेटा ग्ल्याडिएटर्सलाई हराउँदै पेशावर जाल्मीले उपाधि जितेको थियो ।

तर, जित र हारभन्दा पनि यो खेल पाकिस्तानी क्रिकेटका लागि निकै महत्वपूर्ण थियो । सन् २००९ मा सोही गद्दाफी रंगशालामा श्रीलंकाको टोली क्रिकेट खेल्न आउँदा अतिवादीहरुले आक्रमण गरेका थिए ।

श्रीलंकाली टोलीको सुरक्षामा खटिएका ८ पाकिस्तानी सुरक्षाकर्मीको ज्यान गएको उक्त घटनापछि पाकिस्तानमा ठूला अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको छैन ।

आइतबार पिएसएलको फाइनल खेल्न वेष्ट इन्डिजका ड्यारेन सामी र मार्लन स्यामुएल्स, इङ्ल्यान्डका क्रिस जोर्डनलगायतका खेलाडी लाहोर पुगेका थिए ।

भव्य हवाई सुरक्षासहित भएको फाइनल शान्तिपूर्ण रहेको आयोजकले बताएका छन् । यो खेलपछि पाकिस्तानमा अब अन्य अन्तर्राष्ट्रिय म्याच पनि हुने सम्भावना बढेको बताइन्छ ।

सन् २००९ यता पाकिस्तानले सबै घरेलु श्रृंखला युनाईटेड अरब ईमाईरेट्समा खेल्दै आएको थियो । आईसीसीले सुरक्षाको कारण देखाउँदै पकिस्तानलाई कुनै पनि औपचारिक प्रतियोगिता आयोजना गर्न दिएको छैन ।