
सोमबार मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा१२च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद सकिल हलवाइको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कारमा सवार अन्य दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
घाइते दुबैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्