२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘गुणस्तर खाद्यान्नको अभावमा विश्वमा वर्षेनि ४ लाख मानिसको मृत्यु’


0
Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनालाई खाद्य स्वच्छता महिनाकोरुपमा सचेतनामूलक कार्यक्रम गरी मनाइएको जनाएको छ ।

विभागले विहीबार राजधानीमा गरेको औपचारिक कार्यक्रममा महानिर्देशक सन्जीवकुमार कर्णले खाद्य स्वच्छता अभियानलाई विस्तार गर्दै लगिएको बताए ।

उपत्यकामा गुणस्तरयुक्त खाद्यान्नमात्रै भित्रन दिन चारओटै नाकामा अनुगमन गर्दै आएको उनले बताए ।

विभागले यस वर्ष ३२ जिल्लामा यो अभियान सन्चालन गरिएको जनाउँदै देशैभर विस्तार गर्दै लैजाने जनाएको छ ।

गुणस्तर खाद्यान्नको अभावमा विश्वमा वर्षेनि ४ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक रहेको विभागले जनाएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी बालबालिका छन् ।

दक्षिण एसियामा वर्षेनि १ लाख ७५ हजारको ज्यान जाने गरेको विभागले जनाएको छ ।

खाद्य स्वच्छताको अभावमा कति नेपाली प्रभावित छन् भन्ने कुनै औपचारिक तथ्यांक नरहेको विभागले जनाएको छ ।