
गत सोमबार प्रहरीको गोली लागी घाइते भएका सप्तरी, मध्यपुराका ५५ वर्षीय इनर यादवको उपचारकाक्रममा शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यसअघि, सप्तरी घटनामा चारजनाको मृत्यु भइसकेको छ ।
पेटमा गोली लागेर गम्भीर घाइते भएका यादवको प्रतिष्ठानको आइसीयुमा उपचार भइरहेकै अवस्थामा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रनजिकै प्रहरीसँगको झडपमा गोली लागेर सन्जन मेहताको घटनास्थलमै मत्यु भएको थियो भने पिताम्बरलाल मण्डल, आनन्द साह र वीरेन्द्रकुमार मेहताको उपचारकाक्रममा प्रतिष्ठानमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्