
फाइल फोटो
सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा सन्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिमको शुक्रबार समापन समारोहमा उनले भने–‘नेपालको भौगोेलिक अखन्डता र एकतामा आँच पुर्याउन विभिन्न समूहबाट कु–चेस्टा भएको देखिन्छ ।’
‘नेपाल सरकार र नेपाली जनताले त्यस्ता दुष्प्रयास गर्ने कुनैपनि व्यक्ति, समूह र दललाई विफल पार्ने छन्’–मन्त्री खाँणले भने–‘नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखन्डता र प्रजातान्त्रिक प्रणालीबाट नै नेपाल र नेपालीको हित संरक्षण हुनुका साथै देशमा शान्ति, सुरक्षा र विकासले प्रमुख महत्व पाउनेछ ।’
उनले नेपालको राष्ट्रिय हितको पहिचान, संरक्षण र संवद्र्धनका लागि सरकारबाट पारित राष्ट्रिय सुरक्षानीतिले मार्गनिर्देशन गरेको बताउँदै राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही प्रतिरक्षा नीति गर्ने कार्य भइरहेको र त्यसले सुरक्षा सुदृढ बनाउन थप मद्दद गर्ने विश्वास व्यक्त गरे ।
‘राष्ट्रिय सुरक्षा सेना र प्रहरीको जिम्मेवारीमात्र नभइ यो समग्रमा सरकार र जनताको सामूहिक प्रयासमा निर्भर रहेको हुन्छ’–मन्त्री खाँणले भने ।
कलेजका प्रमुख एवं उपरथी देवेन्द्र मेधासीले कलेजले सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयका प्रतिनिधिलाई राष्ट्रिय सुरक्षाका विषयमा उच्चस्तरीय तालिम प्रदान गर्ने कामलाई प्राथमिकतामा राखेको बताए ।
वि.सं. २०४९ मा स्थापित उक्त कलेजमा नेपाली सेना, छिमेकी मुलुकका सेनाका अतिरिक्त पछिल्लो समय राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासम्बन्धी तालिम दिँदै आएको छ ।
यस वर्ष सन्चालन भएको १० दिने उच्चस्तरीय तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रथम श्रेणी र निजामती सेवाका उपसचिवस्तरका १८ जनाको सहभागिता थियो । रासस
प्रतिक्रिया दिनुहोस्