Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


बाग्मती सरसफाइ अभियानको दुईसय हप्ता पुग्यो, आज ‘बागमती पदयात्रा’ हुँदैं


0
Shares

वि.सं. २०७० जेठ ५ देखि शुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा थालिएको हो ।

१५ वटा मूख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम गरिँदैछ भने त्यहाँ प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम छ ।

पदयात्रामा पनि एक लाखभन्दा बढीको उपस्थिति रहने आयोजकको दाबी छ ।

बागमती सरसफाई अभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुनेछन् ।

यसअघि २८ चैत्र २०७१ मा एक सय हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव सांग्लो बनाइएको थियो ।