Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


कन्चनपुर घटनाः आनन्दबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा


0
Shares

आनन्दबजारछेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा–अवरोध पुर्‍याउँदै चलाएको गोली लागेर पुनर्वास नगरपालिकाका गोविन्द गौतमको विहीबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्दबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।

आनन्दबजार चोकदेखि पूर्व–पश्चिम, उत्तरमा पाँच/पाँच सय मिटरसम्म र दक्षिणमा नेपाल–भारत सीमासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताए ।

निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समूह बनाएर हिँड्न र प्रदर्शन गर्नेलगायतका गतिविधि गर्न पाइँदैन ।

घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर शनिबारै कन्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । गौतमको शव सेती अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । रासस