२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानन्यायाधीश कार्कीले गरिन् यस्तो खुलासा


0
Shares

कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनले संयुक्तरुपमा मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पीडा कसैले नबुझेको भन्दै ‘योग्य मान्छे नपाएको कारण बाध्य भएर न्यायाधीशहरु नियुक्त गरिएको’ बताइन् ।

सरकारले न्याय क्षेत्रलाई होच्याउने र मनोबल गिराउन काम गरेको भन्दै सेवा र सुविधाहरुसमेतमा तल राखेको गुनासो गरिन् ।

उनले प्रधानन्यायाधीशको सरकारी निवास बस्न लायकको नभएको भन्दै क्वार्टरमा मुसाहरुले सताउने गरेको गुनासो गरिन् ।

निवासको छेउछाउमा घरहरु बनेर सुरक्षास्थितिसमेत नाजुक भएको अवस्थामा पनि सरकार चुप लागेर बसेको आरोपसमेत उनले लगाइन् ।

उनले ४० चोटिसम्म मुद्दा सारिएको भन्दै कर्मचारीहरुको पनि कमी–कमजोरी रहेको स्वीकार्दै आफूलाई ३० चोटि सम्म महाभियोग लगाउन खोजिएको जिकिरसमेत गरिन् ।