
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसमेत सोही होटलमा बसेका थिए । भारतीय संचारमाध्यमका अनुसार धोनीसहित झारखण्ड क्रिकेट टिमका खेलाडी उक्त होटलमा बसेका थिए । खेलाडीहरु खाजा खान व्यस्त रहेको समयमा अचानक आगलागी भएको बताइएको छ ।
होटलमा ५ सय ४० अतिथि थिए । सबैलाई सुरक्षित उद्धार गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार होटलमा रहेको रिलायन्सको शोरुमबाट आगो लागेको हो ।
आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट जानकारी आउन सकेको छैन । ३० वटा दमकलले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीको सो घटनापछि घरेलु क्रिकेट म्याच रद्द गरिएको छ । उक्त होटलमा बस्दै आएको झारखण्ड क्रिकेट टिमले शुक्रबार बंगालविरुद्ध विजय हजारे ट्रफीको सेमिफाइनल म्याच खेल्ने कार्यतालिका थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्