२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लाहुरेको जिल्लामा जमिन बाँझै


0
Shares

अधिकांश युवा वैदेशिक रोजगारीमा जान थालेकाले खेतबारीमा काम गर्ने जनशक्ति नपाउँदा जमिन बाँझो बसेको हो । मकै, कोदो, जौ र उवा खेती हुने १५ प्रतिशत जमिन बाँझो रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

श्रमिकको कमी, ज्यालामा वृद्धिजस्ता कारणले एकातिर जमिन बाँझो बसेको छ भने स्थानीयस्तरमा उत्पादन गरेकोभन्दा आयातित खाद्यान्न नै सस्तो पर्न थाल्दा जमिन बाँझो बस्न थालेको बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए ।

केही ठाउँमा भने अन्नबालीको विकल्पमा तरकारी र फलफूल खेती गर्न थालिएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा २० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा छन् भने बसाईसराईको दर पनि बढेको छ ।