
गएराति घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई उनका छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते प्रजापतिको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा शनिबार (आज) मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न कुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई शनिबार (आज) पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–११ आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा यौन क्रियाकलापमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्