२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


चीन भ्रमण गर्न चाहन्छन् अमेरिकी राष्ट्रपति ट्रम्प


0
Shares

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा टिलर्सनले राष्ट्रपति ट्रम्पले चीन भ्रमण गर्ने इच्छा राखेको जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीले दुई मुलुकबीच रचनात्मक विकासको नयाँ अध्याय सुरु हुने विश्वास राखेको बताए ।

दुई मुलुकबीचको सम्बन्ध मित्रतामामात्र टिक्नसक्ने टिलर्सनको भनाइमा चिनियाँ राष्ट्रपतिले पनि सहमति जनाए ।

दुई नेताबीच उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रम, ताइवानलगायतका विषयमा भने कुराकानी नभएको बताइएको छ ।

चीनले उत्तरको आणविक हतियार विकासमा नियन्त्रण गर्ने भूमिका खेल्नुपर्ने वासिंगटनको चाहना छ । (एजेन्सी)