३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चरेससहित दुई महिला पक्राउ


0
Shares

पक्राउपर्नेमा रुकुम खलङ्गाका पशुपति शाह र भारत सिमलाका बब्ली हिन्दू रहेका छन् । भीमदत्तनगरपालिका–९ मटेनाको बाटो हुँदै भारततर्फ लैजाँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरोका टोलीले उक्त परिणामका चरेससहित दुबै महिलालाई पक्राउ गरेको हो ।

“उक्त चरेस अपरिचित व्यक्तिले दिएको दुवै महिलाले दाबी गरेका छन्”– लागुऔषध अनुसन्धान ब्युरोका प्रहरी नायब निरीक्षक टङ्क बुढाले भने, “उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।”

बरामद चरेस र अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस