
विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण शुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले कडा प्रतिकार गरेका छन् । सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम विस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारी सेनाले पनि हवाई हमला गरेको बताइएको छ । त्यस क्रममा कयौंको मृत्यु भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
सिरियामा पछिल्लो दुई वर्षदेखि विद्रोहीले कब्जामा लिएको क्षेत्र नियन्त्रण गर्न सेनाले प्रयास जारी राखेको छ । यसबीचमा पटकपटक संघर्ष हुँदै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्