२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


भीडमा एक्कासी ढल्यो रुख, २० जनाको मृत्यु


0
Shares

ब्रोङ–अहाफोस्थित किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भीडमा एक्कासी रुख ढल्दा उनीहरुको मृत्यु भएको हो । घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको र अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् ।

घटनालगत्तै च्यापिएकाहरुको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । (एजेन्सी)