१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रदेश नम्बर ५: राजधानी ‘प्राचिन कपिलवस्तु’ नाम ‘लुम्बिनी’


0
Shares

बासुदेव बर्मा/ईमेज

कपिलबस्तु । प्रदेश राजधानीका विषयमा बहस चलिरहेका बेला कपिलबस्तुका सरोकारवालाले ऐतिहासिक, आर्थिक, भौगोलिक लगायतका सबै हिसाबले प्रदेश नम्बर ५ को स्थायी राजधानी ‘प्राचिन कपिलवस्तुमा राख्नु पर्ने सुझाव दिइएको छ ।

प्रदेश नम्बर ५ को स्थायी राजधानी बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तु राख्नुपर्ने एकमतले सुझाव आएको हो ।

जिल्लाका राजनीतिक दलको नेता, ब्यापारी, स्थानीय निकायका प्रमुखसहित सरोकारवाला सबैले राजधानी कपिलवस्तु र प्रदेशको नाम लुम्बिनी राख्न सुझाव दिएका हुन ।

प्रदेश नम्बर ५ को बिशेष समितिद्धारा प्रदेशको राजधानी र नामाकरणका लागि बुधबार तौलिहवामा राखेको अन्तरक्रियामा उनीहरुले सो सुझाव दिएका हुन ।

भगवान गौतम बुद्धको क्रिडास्थल र राजधानी र त्यति बेला देखि नै केन्दै रहदै आएको प्राचिन कपिलवस्तु नै प्रदेशको राजधानी राख्न उपयुक्त रहेको उनीहरुको भनाई छ ।

ऐतिहासिक, भौगालिक, पर्यटकीय, भाषभाषी, साम्प्रदायिक सद्भाव, औधोगिक क्षेत्र, जग्गा जमिन, वन जंगल र अन्य जिल्लाका जनताहरु समेत सहज पहुँच हुनसक्ने भएकाले कपिलवस्तु नै प्रदेशको राजधानीका लागि उपयुक्त रहेको उनीहरु बताउँछन् ।

ऐतिहासिक र पर्यटकीय हिसाबले प्रदेश नम्बर ५ को सबै भन्दा सम्पन्न कपिलवस्तु रहेको सरोकारवालाको भनाइ छ ।

५ घन्टा भित्र १२ वटै जिल्लाका मानिसहरु कपिलवस्तुमा सहजै पुग्न सक्ने, राजधानीका बनाउनका लागि चाहिने तीनसय बिघा जमिन, ४० मिनेट भित्रै अन्र्तराष्ट्रिय बिमान स्थलमा पुग्न सकिने लगायतका सुबिधाहरु भएकाले प्रदेशको राजधानी सबै हिसाबले कपिलबस्तु नै उपयुक्त रहेको सरोकारवालाहरुले बताए ।

कांग्रेस जिल्ला सभापति तथा पुर्व सिंचाई मन्त्री सुरेन्द्रराज आचार्यले ऐतिहासिक र अन्य आवश्यक कुराहरुले कपिलवस्तु राजधानीका लागि सही रहेको तर्क गरे ।

भारतले नक्कली कपिलस्तुको दाबी गरिरहेको बेला प्रदेश नम्बर ५ को राजधानी कपिलबस्तु हुनुपर्ने बताए ।

दाङ र रुपन्देहीबीच प्रदेशको राजधानीका बिषयमा तानातान भईरहेको बेला दुबै जिल्लाका लागि पनि कपिलवस्तुलाई बनाई बिवाद पनि समाधान हुने उनले बताए ।

‘यसका लागि दुई तिहाई भएको नेकपा नेतृत्वको सरकारले ठोस निर्णय  लिनुपर्छ, यसले बिवाद पनि समाधान हुन्छ’, उनले भने ।

पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालले राजधानी कपिलवस्तु र नाम लुम्बिनी निर्बिकल्प हुनुपर्ने माग गरे ।

यसका लागि आफुहरुले मिडियाबाट अभियान समेत चलाउने बताए ।

उता तौलिहजा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले राजधानी तिलौराकोट र नाम बुद्ध प्रदेश राख्नु पर्ने सुझाव दिए ।

बाणगगां नगरपालिकाका मेयर मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, बिजयनगर गाउपालिकाका प्रमुख गोपाल बहादुर थापा, नेकपा जिल्ला नेता झवीलाल पोख्रेल, संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य, राजपा नेता कालीपद शर्मा, चन्द्रौटा ब्यापार संघका अध्यक्ष महादेब पोख्रेल, कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख नवराज तिवारी लगायतले पनि प्रदेशको राजधानी कपिलवस्तु र नाम लुम्बिनी राख्नुपर्ने माग गरेका थिए ।

सो अवसरमा बिशेष समतिका संयोजक दिपेन्द्र कुमार पुन मगरले प्रदेशको राजधानीको बिषयमा जटिल बन्दै गएकाले बिशेष समितिले सुझाव संकलन गरिएको बताए ।

सबै जिल्लाबाट आएको सुझाव अध्ययन गरे पछि बिशेषज्ञ टोलीको सुझाव र अध्ययन पछि राजधानी तोकिने उनले बताए ।

सो अवसरमा समिति सदस्य तारा जिसीले प्रदेशका राजधानी र नाम टुंगा लगाउने तर्फ प्रदेश सरकार अग्रसर भएको बताइन ।