२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नर्वे विश्वकै सबैभन्दा ‘खुसी’ मुलुक


0
Shares

संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।

यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।

यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।

मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ । (एजेन्सी)