
हरपुर–८ मुडेराकी १४ वर्षीया उर्मिला यादव सोमबार बिहान मृत अवस्थामा फेलापरेकी हुन् ।
मृतक उर्मिलाको दाहासंस्कार हुँदाहुँदै प्रहरीले शव तथा आमा कमलावति यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
मृतकका बाबु शिवनाथ यादव भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
घटना अहिलेसम्म रहस्यमय रहेको र यसबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्